अभिनेता र फिल्म क्रिटिक्स कमल आर खान ‘केआरके’ फेरि विवादमा तानिएका छन्।
अभिनेता मनोज बाजपेयीले अभिनेता कमल आर खान विरुद्ध इन्दौर जिल्ला अदालतमा मानहानीको उजुरी दायर गरेका छन्।
सेलिब्रेटीहरूमाथि उनले विभिन्न व्यक्तिगत टिप्पणीहरु गरिरहेका हुन्छन्। सलमान खानले पनि केही समयअघि केआरके विरुद्ध मानहानि मुद्दा दायर गरेका थिए।
मिडिया रिपोर्टका अनुसार कमल आर खानले मनोज बाजपेयीविरुद्ध अपमानजनक ट्वीट गरेका थिए। कमलले ट्वीटमा केही यस्ता कुरा भनेका थिए, जसले मनोजको व्यक्तित्वलाई असर पारेको थियो।
मनोजका वकिल परेश एस जोशीले मिडियालाई केसको बारेमा जानकारी दिएका छन्।
96
Shares

प्रतिक्रिया