बलिउड स्टारर शाहरुख खानको फिल्म उद्योगमा जति चर्चा छ, व्यक्तिगत र पारिवारिक जीवनमा पनि उनको उति नै चर्चा हुने गर्छ।
उनले आफ्नो परिवारलाई गर्ने मायाबारे पनि प्रशंसकहरूमाझ चर्चा हुने गर्छ शाहरुखले घरमा आफ्नो जेठो छोरा आर्यनको लागि केही नियम बनाएका छन्। जुन छोरा आर्यनले पालना गर्नुपर्छ।
शाहरुखले एक अन्तर्वार्तामा आफ्नो जेठो छोरा आर्यनको लागि बनाएको नियमबारे बताएका थिए। 'र्यनले घरमा टि-सर्ट लगाउनु पर्छ,'शाहरुखले भनेका थिए, 'मलाई लाग्छ कि पुरुषहरु घरमा आमा, बहिनी र महिला साथीहरुको अगाडि टिसर्ट बिना हिड्नु हुँदैन। म आर्यनलाई सधैं टि-सर्ट लगाउन भन्छु। कपडा बिना हाम्रो आमा, बहिनी, छोरी र महिला साथीलाई हेर्नको लागि सहज छैन भने केटाहरुलाई यस्ता कुरामा सजग गराउनुपर्छ।'
आफ्ना छोराहरु आर्यन र अब्रामलाई कुनै महिलालाई कहिल्यै चोट नपुर्याउने कुरा समेत आफूले सिकाएको शाहरुखले बताए। 'रावन'मा शाहरुखसँग काम गरेका निर्देशक अनुभव सिन्हाले पनि अन्तर्वार्तामा शाहरुखले महिलाहरूलाई धेरै राम्रो व्यवहार गर्ने बताए।
'उनी महिलाहरूलाई समान व्यवहार गर्ने विश्वास गर्छन्। उनी आफ्ना बच्चाहरुमा पनि यी मूल्यलाई लागू गर्न सिकाउँछन,' सिन्हाले भनेका थिए।
शाहरुख खानका तीन सन्तान छन्। आर्यन सबैभन्दा जेठो, सुहाना उनीभन्दा कान्छी र अब्राम सबैभन्दा कान्छो हुन्।
Shares

प्रतिक्रिया