कला


नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न, कसले जिते?

नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न, कसले जिते?

नेपालखबर
भदौ १३, २०७८ आइतबार १३:२७, काठमाडौँ

काठमाडौं। नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। 

चलिचत्र विकास बोर्डको प्राङ्गणडमा संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्योमा सम्पन्न अवार्डमा बोर्डका अध्यक्ष दयाराम दाहाल,वरिष्ठ कलाकार नीर शाह, प्रथम टेलिफिल्म निर्देशक तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, बिज्ञापन एजेन्सी संघका अध्यक्ष सोमनाथ धिताल, वरिष्ट हास्य कलाकार सन्तोष पन्त, मोहन निरौला, आरपी पन्त, देशभक्त खनाल, वरिष्ठ पत्रकार प्रकाश सुवेदी, निर्देशक सुदर्शन थापा, कलाकार पुकार भट्टराई, ज्योति काफ्ले, वरिष्ठ समाजसेवी तारा बहादुर कुवँरलगायत ख्यातिप्राप्त कलाकार तथा समाजसेवीहरूको हातबाट अवार्ड वितरण गरिएको थियो। 

कुल ४१ विधा रहेको अवार्डमा उत्कृट टेलिफिल्मको अवार्ड हास्यव्यङ्ग्य तर्फबाट उल्टो सुल्टोले प्राप्त गर्न सफल भएको छ। त्यसैगरी उत्कृष्ट टेलिफिल्म सामाजिक तर्फबाट जुठेले पाउन सफल भएको छ भने उत्कृष्ट निर्देशक सामाजिकमा जुठेबाटै मरिचमान श्रेष्ठ र राजु पौडेलले पाएका छन्। 

उत्कृष्ट चरित्र अभिनेतामा मेरी बास्सैबाट सुरवीर पण्डित, उत्कृष्ट चरित्र अभिनेत्रीमा जुठेबाट विद्या कार्की, उत्कृष्ट लेखन सामाजिकमा जुठेबाट मरिचमान तथा राजु पौडेल, उत्कृष्ट लेखन हास्यव्यङ्ग्यमा उल्टो सुल्टोबाट रवि डंगोल, उत्कृष्ट नव निर्देशकमा बुहारीबाट रामचन्द्र बोहोरा, उत्कृष्ट छायाँकारमा जुठेबाट घनश्याम पोख्रेरल, उत्कृष्ट सम्पादकमा दृष्टिबाट नविन निरौला, उत्कृष्ट खलपात्र जुठेबाट रवि गिरी, उत्कृष्ट चर्चित कलाकार पुरूषमा गाह्रो छ बाट वेगम नेपाली, उत्कृष्ट चर्चित महिला कलाकारमा गाह्रो छ बाट रिनासा दाहाल, उत्कृष्ट सह अभिनेत्रीमा दृष्टिबाट कविता शर्मा गेलाल,उत्कृष्ट सह अभिनेतामा बुहारीबाट निरक शाही, उत्कृष्ट निर्देशक हास्यव्यंग्यमा मेरी बास्सैबाट दमन रुपाखेती, उत्कृष्ट निर्देशक सामाजिकमा जुठेबाट मरिचमान श्रेष्ठ तथा राजु पौडेल र जुरी अवार्डबाट भुन्टी र मानवलाई प्रदान गरिएको छ । त्यसैगरी मरणोपरानत सम्मानबाट स्व।उमेशनाथ अर्याल र शम्भु थापालाई प्रदान गरिएको थियो। 

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई प्रदान गरिएको अवार्डमा चलचित्र पत्रकारिता पुरस्कारतर्फबाट गोपीकृष्ण टिभीबाट विष्णु सुवेदी र मोफसलबाट पत्रकारिता गर्दै आएका हिमेश विकलाई प्रदान गरिएको छ । निकै उल्लेखिने कलाकारहरुको उपस्थितीमा सम्पन्न भएको सो अवार्डका आयोजक संस्थाको तर्फबाट टेलिफिल्म कुल खान्दान, दृष्टि र भाग्य आ आफ्नो लाई प्रदान गरिएको थियो। 

विश्वव्यापी कोभिड १९ कोरोनाको वादजुद पनि टेलिफिल्म निर्माण गरी दर्शकलाई सन्देश मात्र नभई मनोरञ्जन प्रदान गर्ने कलाकर्मीलाई उत्साह होस भन्ने हेतुले कोरोनासगै आर्थिक मन्दीमा पनि बक्स अफिस संस्थाले अवार्डलाई निरनतरता दिइरहेको आयोजक संस्थाका अध्यक्ष आर के सुवेदीले बताए।

अवार्डलाई भब्य बनाउन जापान, युएई र कतारदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad