पछिल्लो समय लोक दोहोरीमा चर्चामा रहेकी गायिका सरस्वती लामिछाने र सञ्चार क्षेत्रसँगै सांगीतिक क्षेत्रमा सक्रिय गायक कृष्ण अखेलीको स्वर रहेको लोक दोहोरी गीत ‘भिर्नी झोलामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘उपन्यास’, ‘बतासे पानी’ लगायतका चर्चित गीतहरुमा एकसाथ स्वर भरेका अखेली र लामिछानेको भिर्नी झोलामा मंगलबार तिर्सना म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा शिव अखेलीको शब्द र गायक अखेलीकै संगीत रहेको छ।
गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठलाई प्रस्तुत गरिएको छ। सुनिल म्युजिक भिडियोका निर्देशक र चर्चित मोडल हुन भने हास्य शृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’ कि अभिनेत्री हुन। पछिल्लो समय म्युजिक भिडियोमा पनि जम्दै गएकी रक्षा र सुनिलको जोडी भिडियोमा जमेको छ।
म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन् भने दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईको सम्पादन रहेको छ।
‘गीतको शब्द, संगीत, स्वरदेखि भिडियो बनाउनसम्म मेहेनत गरेका कारण गीत दर्शक स्रोताले मन पराउनेमा हामी ढुक्क छौँ’, गायिका लामिछानेले भनिन्, ‘गीत सार्वजनिक भएको पहिलो दिनमै राम्रै प्रतिक्रिया र भ्युअर्स पाएका छौँ, यसबाट हामीहरु उत्साहित छौँ।’ उनले पछिल्लो समय लोग दोहोरीका चलेको ‘ट्रेन्ड’लाई आफूहरुले पच्छ्याएको बताइन्।
गायक तथा संगीतकार अखेली सक्दो मेहेनेत गरेका कारण गीत सफल हुनेमा आफू ढुक्क रहेको बताउँछन्। ‘यो गीतमा धेरै नै मेहेनेत गरेका कारण धेरै नै अपेक्षा गरेका छौँ’, उनी भन्छन्, ‘दर्शक स्रोताको सल्लाह सुझाबका आधारमा तयार पारेका कारण पनि गीत सफल हुने विश्वासमा छौँ।
हेरौँ भिडियो

प्रतिक्रिया