कला


बलिउडमा एकसाथ डेब्यू गर्दै गोविन्दाकी पत्नी र छोरा

बलिउडमा एकसाथ डेब्यू गर्दै गोविन्दाकी पत्नी र छोरा

नेपालखबर
असार २९, २०८३ सोमबार १३:२, काठमाडौँ

बलिउडका चर्चित अभिनेता गोविन्दाकी पत्नी सुनिता आहूजाले बलिउडमा डेब्यू गर्ने भएकी छन्। हालै एनआईसँगको कुराकानीमा सुनिताले आफ्नो डेब्यूबारे जानकारी दिइन्। 

उनका अनुसार फिल्ममा आफ्नै छोरा यशवर्द्धनको आमाको भूमिकामा अभिनय गरेको पनि खुलासा गरिन्। यो फिल्म यही वर्षको सेप्टेम्बरमा प्रदर्शनमा आउनेछ।

यो यशवर्द्धनको पनि डेब्यू फिल्म हो। आमा र छोराले एकसाथ बलिउडमा डेब्यू गर्दै छन्।

‘म छोरा यशसँग फिल्म गर्दै छु। फिल्म सेप्टेम्बरमा रिलिज हुनेछ। फिल्मलाई एकता कपूरले बनाइरहेकी छन्। उनले मलाई धेरै माया गर्छिन्।उनकै कारण मैले नेटफ्लिक्सको एउटा शो गरेकी थिएँ’, उनले भनिन्, ‘फिल्ममा म यशकै आमाको भूमिकामा देखिँदै छु। सायद पहिलो पटक आमा र छोरा एउटै फिल्ममार्फत सँगै डेब्यू गर्न लागेका हुन्।’

गोविन्दा र सुनिताका एक छोरा र एक छोरी छन्। छोरीको नाम टीना आहूजा हो। उनले पनि फिल्म खेलिसकेकी छिन्। तर, सन् २०१५ मा प्रदर्शन भएको उनको डेब्यू फिल्म ‘सेकेन्ड ह्यान्ड हजब्यान्ड’ खासै चल्न सकेन। 

गोविन्दा लामो समयदेखि ठूलो पर्दाबाट टाढा छन्। करिब सात वर्षयता उनी कुनै नयाँ फिल्ममा देखिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad