कला


२६ दिनपछि आर्यन आज रिहा हुँदै, चार गाडीका साथ घरबाट निस्के शाहरुख

२६ दिनपछि आर्यन आज रिहा हुँदै, चार गाडीका साथ घरबाट निस्के शाहरुख

शाहरुख खान घरबाट गाडीमा निस्किँदै गर्दाको दृश्य। तस्बिर : दैनिक भास्कर


नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार १७:२३, काठमाडौँ

लागुऔषध मुद्दामा २६ दिनदेखि हिरासतमा रहेका आर्यन खान आज घर जाने सम्भावना छ। आर्यन बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्। 

बिहीबार साँझ उच्च अदालतले धेरौटीले दिएकाे धराैटीकाे आदेश आज शुक्रबार सेसन कोर्टमा पुगेको छ। 

सेसन कोर्टले जेल प्रबन्धकलाई आर्यन रिहा गर्ने आदेश दिनेछ। यसपछि आर्यन रिहा हुनेछन्।

बलिउड अभिनेत्री जुही चावलाले जेलमा पुगेर आर्यनका लागि बेल बन्ड भरेकी छन्। अब केही घण्टामा उनी घर पुग्नेछन्। 

यसैबीच केही बेरअघि शाहरुख खानको घर मन्नतबाट चारवटा गाडी बाहिर निस्केका छन्। जसमध्ये एकमा शाहरुख खान पनि छन्। छोरा आर्यन लिन उनी आर्थर रोड जेलमा पुग्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यो पनि : ​छोरा पक्राउ परेको १६ दिनपछि शाहरुख खानको घरमा एनसीबीको छापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad