कला


पल शाहले गरे नयाँ फिल्ममा हस्ताक्षर

पल शाहले गरे नयाँ फिल्ममा हस्ताक्षर

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १४:३८, काठमाडौँ

पछिल्लो समय सबैभन्दा व्यस्त नायक पल शाहले नयाँ फिल्मका लागि हस्ताक्षर गरेका छन्।

दुई वर्ष लामो कोरोना महामारी विस्तारै ओरालो जान थालेपछि निर्माताहरु फिल्म बनाउन जुटिरहेका बेला शाह पनि अनुबन्धित भएका हुन्। 

तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ठूलो सफलता पाएसँगै नेपाली निर्माताहरुले फिल्मको रिलिज डेट घोषणा गर्न थालिसकेका छन्। 

निर्माताहरुसमेत नयाँ फिल्म निर्माणमा जुटिरहेका बेला कलाकारहरुलाई पनि अवसर आउन थालेको हो।
 

कोरोनाको लकडाउनबीच दुई चलचित्र‘हुतुतु र सत्यम्’ मा अनुबन्ध भएका शाहले बिहीवार करण सिंह निर्माता रहेको फिल्ममा सम्झौता गरेका हुन्।

कथाको मागअनुसार नै फिल्ममा पललाई अनुबन्ध गरिएको सिंहले बताए। पलले पनि फिल्मको कथावस्तु र आफ्नो चरित्र सुहाएकाले काम गर्न लागेको बताएका छन्।
 
निर्माता सिंहका अनुसार नायिका र अन्य कलाकार छान्ने काम अघि बढेको छ। प्राविधिक टोली पनि तयार हुँदैछ। यो फिल्म लभस्टोरी कथावस्तुमा आधारित छ।

यो फिल्म आगामी माघ अन्तिमदेखि छायांकन हुनेछ। यस फिल्मको डिजिटल राइट्स डिआर मुभिजले महंगोमा किनेको छ। 

फिल्मको नाम केही दिनमा सार्वजनिक गर्ने तयारी गरिएको छ। पल मंसिर दोस्रो सातादेखि फिल्म ‘सत्यम्’ को छायांकनका जाँदैछन्। 

त्यसलगत्तै उनी फिल्म ‘हुतुतु’ जानेछन्। यसको छायांकन माघ अन्तिमबाट सुरु गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad