गायिका प्रविशा अधिकारीले बिहे गरेकी छन्। आइतबार उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन्।
निर्माणको घर झापा चारपाने हो। उनीहरूले आज झापामै लगनगाँठो कसेका हुन्।

अघिल्लो आइतबार उनीहरूले झापाकै घरमा इन्गेजमेन्ट गरेका थिए।
लामो समयदेखि अमेरिकामा बसेका निर्माण दसैंअघि मात्र नेपाल आएका हुन्। निर्माण अमेरिकामा आईटी क्षेत्रमा काम गर्छन्।
भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेममा रहे पनि निर्माण अमेरिकाबाट काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भेट भएको थियो।
प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन्।
180
Shares

प्रतिक्रिया