कला


नाचघरमा हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ मञ्चन

नाचघरमा हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ मञ्चन

नेपालखबर
पुस ४, २०७८ आइतबार १४:२, काठमाडौँ

वरिष्ठ साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’लाई नाट्य रुपान्तरण गरि मञ्चन थालिएको छ । कक्षा १२ को पाठ्य पुस्तकमा समावेश यो उपन्यास सांस्कृतिक संस्थानले मञ्चन सुरु भएको छ।

सांस्कृति संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्ने उद्देश्यले उक्त उपन्यासलाई नाट्य रुपान्तरण गरी मञ्चन सुरु गरेको जनाएको छ।

विभिन्न तहका पाठ्यक्रममा समावेश कृतिलाई यसैगरी नाट्य रुपान्तरण गरी मञ्चन गर्दै जाने संस्थानको उद्देश्य रहेको छ।

नाटक ‘एक चिहान’ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट मञ्चन सुरु भएको छ। 

संस्थानका वरिष्ठ कलाकारले अभिनय गरेको नाटकलाई कलाकार विरेन्द्र हमालले निर्देशन गरेका हुन्।

२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad