कला


राइजिङ स्टार कल्चरको वार्षिकोत्सवमा स्रष्टालाई सम्मान

राइजिङ स्टार कल्चरको वार्षिकोत्सवमा स्रष्टालाई सम्मान

नेपालखबर
पुस ४, २०७८ आइतबार १९:३, काठमाडौँ

राइजिङ स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा सञ्चार, चलचित्र, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ। 

राजधानीमा आयोजित संस्थाको वार्षिकोत्सव समारोहमा स्रष्टाहरूलाई सम्मान गरिएको हो। 

केटीएम जाम डान्स ब्याटलका विजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा वरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशिसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानित भए।
 
विगत दुई दशकदेखि अनवरत रुपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानित व्यक्तिहरुलाई बागमती प्रदेशकी समाजिक विकासमन्त्री कुमारी मोक्तान, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लीसा नकर्मी, चन्द्रागिरी नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी, बागमती प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङलगायतले सम्मान पत्र तथा खादा ओढाएर सम्मान प्रकट गरेका थिए। 

कार्यक्रममा चलचित्र निर्देशक मधुसुदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान, विद्या तिवारीलाई उत्कृष्ट गायिका, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र विकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र वीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो। 

कार्यक्रमकी प्रमुख अथिति मन्त्री मोक्तानले स्रष्टाहरुको सम्मान गर्ने परम्पराले सम्बन्धित् क्षेत्रको विकास, सम्बर्द्धन र उत्थानमा टेवा पुर्याउने विचार व्यक्त गर्दै केटीएम ब्याटलका बिजेतालाई शुभकामना व्यक्त गरिन्। 

त्यसैगरी, कार्यक्रम आयोजक राइजिङ स्टार कल्चर गु्रपका संस्थापक तथा निर्माणाधिन चलचित्र ‘हामी तीन भाइ’ का प्रस्तुतकर्ता साजीत महतले सञ्चारकर्म, चलचित्र, कलासंस्कृति तथा खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए।

उनले आफ्नो कल्चरले नेपाली कलासंस्कृतिको जर्गेनाका लागि हरेक वर्ष स्रष्टाहरूको सम्मानार्थ कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए। आयोजक संस्थाका अध्यक्ष तामाङले आफूहरु सदैव नेपाली कलासंस्कृतिको उन्नतीमा कटिबद्ध रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad