कला


पुष्प खड्का–शिल्पा पोखरेल अभिनित ‘मंगलम’ युट्युबमा, धेरैपटक रोए दर्शक (फिल्मसहित)

पुष्प खड्का–शिल्पा पोखरेल अभिनित ‘मंगलम’ युट्युबमा, धेरैपटक रोए दर्शक (फिल्मसहित)

नेपालखबर
पुस ५, २०७८ सोमबार १८:४४, काठमाडौँ

चलचित्र ‘मंगलम’ युट्युबमा रिलिज भएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलबाट उक्त चलचित्र सार्वजनिक भएको हो। 

जसका अभिनेता पुष्प खड्काले २०७४ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड  पाएका छन्। खड्कासँगै शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, निर शाहलगायत कलाकारले त्यसमा अभिनय गरेका छन्। 

हलमा पनि राम्रै व्यापार गरेको यो चलचित्र युट्युबमा पनि धेरै दर्शकले मन पराएका छन्। धेरैजसो दर्शकले अभिनेता पुष्प खड्काको अभिनयको उच्च प्रशंसा गर्दै चलचित्रको कथावस्तुले धेरैपटक रुवाएको उल्लेख गरेका छन्। 

छविराज ओझा प्रोडक्सन र गुण सिनेमा प्रालिको प्रस्तुतिमा निर्मित चलचित्रको कथा गोविन्द फुयाँलले लेखेका हुन्। चलचित्र नवल नेपाल र गोविन्द फुयाँलको संवाद, विष्णु कल्पितको छायांकन, दीपक शर्माको संगीत र मित्र डी गुरुङको सम्पादनमा तयार भएको हो। 

नवल नेपालले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन्। 

हेर्नुहोस् मंगलम–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad