कला


विदेशमा पैसा थन्क्याएको आरोपमा ऐश्वर्या रायसँग ५ घण्टा सोधपुछ

विदेशमा पैसा थन्क्याएको आरोपमा ऐश्वर्या रायसँग ५ घण्टा सोधपुछ

नेपालखबर
पुस ५, २०७८ सोमबार २१:६, काठमाडौँ

बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले पानामा पेपर्ससमन्धी मामिलामा सोधपुछ गरेको छ। सोमबार दिल्लीस्थित ईडीको कार्यालयमा पाँच घण्टा रायमाथि सोधपुछ भएको हो। 

आफ्नो पैसा ब्रिटिस भर्जिन आइल्यान्डस्थित एक कम्पनीमा थन्क्याएको आरोपमा उनसँग बयान लिइएको हो। उनीमाथि २०१७ मा सो आरोप लागेको थियो।

४८ वर्षीया रायलाई यसअघि नै दुई पटक बयानका लागि झिकाइएको थियो। तर, उनले समय माग गरेकी थिइन्।

राय र बच्चन परिवारलाई २००४ यताको रेमिट्यान्सको विवरण मागिएको थियो। रायले गत १५ वर्षमा विदेशमा आफूले पाएको भुक्तानीको सम्पूर्ण विवरण बुझाएको बताइएको छ। 

पानामा पेपर्स २०१६ मा सार्वजनिक भएको थियो। जसले विश्वका धनी र शक्तिशालीहरुले ‘ट्याक्स हेभन’ भनेर चिनिने मुलुकहरुमा नाम मात्रको कम्पनी खडा गरी आफ्नो मुलुकमा कर छल्ने गरेको खुलासा भएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad