गायक सिताराम पोखरेल नयाँ गीत लिएर बजारमा आएका छन्। लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय सितारामले पछिल्लो समय ‘काँडा उम्रियो’ बोलको गीत बजारमा ल्याएका हुन्।
सार्वजनिक गीत दीपक शर्माले लेखेका हुन। गीतमा संगीत पनि शर्माकै सुन्न सकिन्छ। गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक गरिएको छ।
म्यूजिक भिडिओमा जिवेशसिंह गुरुङ र स्मारिका ढकालले अभिनय गरेका छन्। मिलन शंकरले छायांकन गरेको भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका छन्।
21
Shares

प्रतिक्रिया