कला


‘आरआरआर’ का कारण ३ फिल्मको प्रदर्शन स्थगित

‘आरआरआर’ का कारण ३ फिल्मको प्रदर्शन स्थगित

नेपालखबर
पुस ८, २०७८ बिहिबार १०:४, काठमाडौँ

बलिउडको प्रतीक्षित फिल्म हो– ‘आरआरआर ।’ सन् २०२२ को प्रतिक्षित यो फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले निर्देशन गरेका हुन्। 

‘आरआरआर’ आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिजको तयारीमा छ। बलिउड चलचित्र उद्योगको फिल्म प्रदर्शनलाई सजिलो बनाउन दक्षिण भारतीय निर्माताले अन्य ठूलो बजेटका फिल्म प्रदर्शन स्थगित गरेका छन्। बक्स अफिसमा फिल्मको भिडभाड कम गर्न यो कदम चालेको बताइएको छ। 

‘आरआरआर’का कारण महेश बाबुको ‘सरकार वारी पाटा’, दील राजुको ‘एफ ३’ र चीनबाबु र पवन कल्याणको ‘भिमला नायक’को प्रदर्शन स्थगित गरिएको हो। प्रदर्शनका लागि तयारी रहेका यी तीनै फिल्मले तत्कालका लागि प्रदर्शन स्थगित गरेका छन्। 

सँगै प्रदर्शनको तयारीमा रहेका फिल्मले प्रदर्शन मिति सारेपछि निर्देशक राजामौलीले आभार व्यक्त गरेका छन। उनले भनेका छन, ‘तीन फिल्मको रिलिज मिति सारेर सहयोग गरेकोमा आभार व्यक्त गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad