नेपाली कथानक चलचित्र ‘कठपुतली’को शिर्ष गीत रिलिज भएको छ। यहि पुस १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कठपुतली’को ‘यो ज्यान कठपुलती’बोलको गीत रिलिज गरिएको हो।
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र निर्माण युनिटले प्रचारमा थप प्रभावकारी बनाउन गीत रिलिज गरेको बताएको छ।
लोक शैलीको सार्वजनिक गीत दयाराम पाण्डेले लेखेका हुन। सुरेश अधिकारीको संगीत रहेको गीत मेलिना राईले गाएकी छिन। गीतको भिडिओमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ।
चलचित्र ‘कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
यो चलचित्रमा एक राजकुमारले दरबारमा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्ष देखाउन खोजेको चलचित्रका निर्देशक भिमसेन लामाले बताएका छन्।
चलचित्रमा पृथ्वी राना मगरले लगानी गरेका हुन। सम्पदा मल्लले फिल्मको कथा लेखेकी हुन्। यो फिल्म अष्ट्रेलियाका जोएल फ्रुमले छायांकन गरेका हुन्।
Shares

प्रतिक्रिया