कला


आफूभन्दा १५ वर्ष कान्छा रोहमनसँगको प्रेममा रमाइरहेकी थिइन् बलिउड नायिका सुस्मिता सेन, ब्रेकअप भएको हो?

आफूभन्दा १५ वर्ष कान्छा रोहमनसँगको प्रेममा रमाइरहेकी थिइन् बलिउड नायिका सुस्मिता सेन, ब्रेकअप भएको हो?

फाइल तस्बिर : प्रेम जोडी रोहमन र सुस्मिता। तस्बिर : भारतीय सञ्चारमाध्यम।


नेपालखबर
पुस ८, २०७८ बिहिबार १६:२०, काठमाडौँ

इन्स्टाग्राममा म्यासेजबाट सुरु भएको बलिउड अभिनेत्री सुस्मिता सेन र मोडल रोहमन शाेलको प्रेमकथा अन्त्य हुने अनुमान गरिएको छ। केही रिपोर्टले दाबी गरेअनुसार रोहमनले आफ्ना सामान लिएर सुस्मिताको घर छाडेका छन्।

अहिले उनी साथीको घरमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार केही दिन अघिसम्म भने सबै ठिकठाक देखिन्थ्यो। रोहमानले सुस्मितालाई उनको ४६औं जन्मदिनको शुभकामनासमेत दिएका थिए। 

राेहमन-सुस्मिता

तर, यो ब्रेकअपको खबरमा रोहमन, सुस्मिता तथा दुवैका नजिकका कसैले केही भनेका छैनन्।

पछिल्लो साढे २ वर्षदेखि डेटिङ 
सुस्मिता साढे दुई वर्षदेखि रोहमनसँग डेट गरिरहेकी थिइन्। रोहमनभन्दा  सुस्मिता १५ वर्षले जेठी छन्। सुस्मिता ४६ वर्षकी भइन् भने रोहमन ३० वर्षका। दुवै लिभ इन रिलेसनसिपमा बसिरहेका थिए। रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि राम्रो सम्बन्ध छ, उनी आफूलाई दुवैका बुबा भन्थे। 

‘सुस्मितासँग भेटपछि जीवनका सबै कुरा बदलिए’
रोहमनले एक अन्तर्वार्तामा भनेका थिए, ‘सुस्मितालाई भेटेपछि मेरो जीवनका सबै कुरा बदलिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad