कला


३० वर्ष पुरानो ‘सिमसिमे पानीमा’ बिना अनुमति नगाउन रेखा शाहको चेतावनी

३० वर्ष पुरानो ‘सिमसिमे पानीमा’ बिना अनुमति नगाउन रेखा शाहको चेतावनी

नेपालखबर
पुस ८, २०७८ बिहिबार १६:३८, काठमाडौँ

गायिका रेखा शाहले आफ्नो गीत बिना अनुमति प्रयोग नगर्न आग्रह गरेकी छिन्। उनको पुरानो गीत ‘सिमसिमे पानीमा’ अनुमतिबिनै विभिन्न स्टेजमा दुरुपयोग भएको रेखाले बताएकी छिन्। 

आफ्नै शब्द/संगीत रहेको यो गीत रेखालाई चिनाउने गीत हो। पछिल्लो समय भएका विभिन्न ‘रियालिटी शो’मा आफ्नो गीत बिना अनुमति गाइएको भन्दै रेखाले मन दुखाएकी छिन्। रियालिटी शो को स्टेजमा गाउँदासम्म कम्तिमा अनुमति मागेको भए हुन्थ्यो भन्ने रेखालाई लागेको थियो।

तर पछिल्लो समय रियालिटी ‘शो’बाट उदाएका कलाकारले स्टेज कार्यक्रममा गाउन थालेपछि भने रेखाले नगाउन आग्रह गरेकी छिन्। उनले आफ्नो आग्रहलाई वेवास्ता गरे प्रतिलिपी अधिकार अनुसारको कानून र अनुमतिबिना कसैको सम्पत्तिको भोगचलन बापतको ठगी मुद्दा अनुसारको कानूनी कारबाही गर्ने चेतावनी दिएकी छिन्।

रेखाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो गीत बिना अनुमति प्रयोग नगर्न भनेकी छिन्।

उनले लेखेकी छिन, ‘मेरो रचना/सङ्गीत (शब्द/लय) रहेको गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ रेडियो नेपालमा गाएर स्वर्ण पदक पाएको ३० वर्ष पुगिसकेको छ। आज मेरो पहिचान नै त्यही गीत बनेको छ। मसँग प्रतिलिपी अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिबिना विभिन्न रियालिटी शोहरू गाइएका छन्। प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ।’

उनी अगाडी लेख्छिन, ‘अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यवसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु। अझै मेरो अनुमतिबिना म्युजिक ट्रयाक बनाई गाएकोले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ। आगामी दिनमा त्यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad