लामो समयको सन्नाटापछि हलमा लागेको नेपाली कथानक चलचित्र ‘चुरीफुरी’ले सुखद सुरुवात गर्न सकेन।
शुक्रबारदेखि बाट हलमा लागेको यो चलचित्रले दर्शक तान्न असफल भएको हो।
हलमा ‘स्पाइडर म्यान’ र ‘पुष्पा’ चलिरहेका बेला प्रदर्शनमा आएको नेपाली फिल्मको उपस्थिति फितलो देखियो।
ऋषिराम आचार्यले निर्देशन गरेको यो चलचित्रले सबैजसो मल्टिप्लेक्समा निक्कै कम ‘शो’पाएको थियो।
थोर आए पनि दर्शकले आफ्नो चलचित्र मन पराएको निर्देशक आचार्यले दाबी गरे।
'चलचित्र हेरेका दर्शकले कथावस्तु मन पराएका छन्’, उनले भने।
चलचित्रको 'वर्ड अफ माउथ' सुखद् भएकाले आगामी दिनमा दर्शक बढ्ने विश्वास उनले ब्यक्त गरे।
‘जति दर्शकले चलचित्र हेर्नुभयो, यसको कथावस्तु र कमेडीलाई मन पराउनु भएको छ,’ उनले थपे।
यो चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, सोना बज्राचार्य, सुवोध गौतम, शिशिर भण्डारी, राजीवजंग गुरुङ लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्।
मल्टिप्लेक्समा निक्कै कम कमाइ गरेको ‘चुरीफुरी’को अहिलेसम्मको सिंगल थिएटरको कमाइ पनि सन्तोषजनक छैन।
Shares

प्रतिक्रिया