गीतका कारण बारम्बार विवादमा तानिने गायक दुर्गेश थापाले आफू गायक नै नभएको बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा आफूलाई ‘बाथरुम सिंगर’ भनेर ‘होच्याइएको’ भन्दै थापाले गुनासो गरेका हुन्।
‘कसैको कामको बारेमा टिप्पणी गर्न पाइन्छ। तर कसैलाई व्यक्तिगत रूपमा होच्याउन पाइँदैन’, गायक थापाले सञ्चारमाध्यमसँग भनेका छन्, ‘उक्त व्यक्तिको चित्त दुख्छ कि, उसको पनि मन हुन्छ भनेर सोच्न आवश्यक छ।’
यसै क्रममा उनले आफू गायकै नभएको प्रतिक्रिया दिएका हुन्।
‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होइन। म स्टेज पर्फमर हुँ’, उनले भनेका छन्, ‘मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ? म त्यो हैसियतको मानिस नै होइन।’
आफू गायक नभएर स्टेज पर्फमर र इन्टरटेनर भएको बुझिदिन उनले आग्रह गरेका छन्।
गायक थापाले ‘म्युजिक खबर म्युजिक अवार्ड’मा वर्षकै सर्वोत्कृष्ट पपुलर मोडलको अवार्ड पाएका छन्। दर्शकको मायाले आफू यो स्थानसम्म आइपुगेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया