कला


नवौँ म्युजिक खबरमा सर्वोत्कृष्ट देउडा गायक बने जोसेफ

नवौँ म्युजिक खबरमा सर्वोत्कृष्ट देउडा गायक बने जोसेफ

नेपालखबर
पुस १२, २०७८ सोमबार १६:५७, काठमाडौँ

चर्चित देउडा गीत 'पियारी'का गायक जोसेफ शाही ठकुरीले नवौँ म्युजिक खबर अवार्ड जितेका छन्। 

सर्वोत्कृष्ट देउडा गायकको अवार्ड ठकुरीले हात पारेका हुन्। 

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा आइतबार सम्पन्न भएको हो। 

म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान प्रदान गरिएको थियो। 

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३० हजार ५५५ रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। कार्यक्रममा गायिका पूर्णिमा लामा र गायक सरोज कोइराला सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए।

कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो। 

त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो। त्यस्तै, बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो। 

सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad