कला


सलमान खानदेखि करिना कपुरसम्म : जो प्लास्टिक सर्जरीको सहारामा सुन्दर बनेका छन्

सलमान खानदेखि करिना कपुरसम्म : जो प्लास्टिक सर्जरीको सहारामा सुन्दर बनेका छन्

सलमान : पहिले र अहिले


नेपालखबर
पुस १२, २०७८ सोमबार १७:५०, काठमाडौँ

बलिउडका धेरै अभिनेता तथा अभिनेत्रीले अझ सुन्दर देखिन प्लास्टिक सर्जरी गराउने गरेका छन्। सलमान खानदेखि करिना कपुर खानसम्मले आफ्नो सुन्दरता बढाउन र सधैं जवान देखिन कस्मेटिक सर्जरीको सहारा लिएका छन्।

यहाँ त्यस्तै केही चर्चित कलाकारकाे चर्चा गरिन्छ :

सलमान खान
बलिउड सुपरस्टार सलमान खान सन् २००३ देखि नै निधार माथिबाट तालुपनको सिकार हुन थालेका थिए। रिपोर्टका अनुसार त्यसपछि उनले भारतमै कपाल प्रत्यारोपण गराए, तर असफल भयो। यसपछि उनी सन् २००७ मा दुबई गए र फेरि कपाल प्रत्यारोपण गराए।

करिना कपुर खानपहिले र अहिलेबलिउडकी ग्ल्यामरस अभिनेत्री करिना कपुर खानले पनि आफ्नो सौन्दर्य निखार्न शल्यक्रियाको सहारा लिएकी छन्।  रिपोर्टअनुसार करिनाले आफ्नो मुहार थप सुन्दर पार्न नाकको शल्यक्रिया गराएकी छन्।  शल्यक्रियापछि करिनाको लुक्स हेर्दा उनले सही निर्णय गरेको भन्न सकिन्छ। 

सैफ अली खानपहिले र अहिलेबलिउड अभिनेता सैफ अली खान ५१ वर्षका भएका छन्। यसैले उनमा बुढोपनका चिह्न स्पष्ट देखिन थालेका छन्। यो लुकाउन सैफले धेरै पैसा खर्च गरेका छन्। उनले धेरैपटक बोटक्स सर्जरीको सहारा लिएका छन्।

आलिया भट्टपहिले र अहिलेबलिउड अभिनेत्री आलिया भट्टलाई ‘प्राकृतिक सौन्दर्य’ भनिन्छ। तर आलियाले पनि आफ्नो सुन्दरता निखार्न प्लास्टिक सर्जरी गराएकी छन् भन्ने कुरा कमैलाई थाहा छ। रिपोर्टअनुसार आलियाले ओठ, अनुहार र नाकको सर्जरी गराइसकेकी छन्। आफ्नो डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ पछि मात्र आलियाको अनुहारमा धेरै परिवर्तन आएको थियो।

जान्हवी कपुरपहिले र अहिले
बलिउड अभिनेत्री जान्हवी कपुरले पनि आमा श्रीदेवीले जस्तै प्लास्टिक सर्जरी गराएकी छन्। रिपोर्टअनुसार जान्हवीले बलिउडमा प्रवेश गर्नुअघि नै नाकको सर्जरी गराएर आकार ठीक पारेकी थिइन्। यसबाहेक उनले ओठको शल्यक्रिया पनि गराएकी छन्। 

रणवीर कपुरपहिले र अहिलेबलिउड अभिनेता रणवीर कपुर पनि युवावस्थामै कपाल झर्ने समस्याबाट पीडित हुन थालेका छन्। सन् २००७ मा फिल्म ‘अजब प्रेम की गजब कहानी’ सुटिङको समयमा उनको निधारमाथि खुइँलिँदै गएको स्पष्ट देखिन्थ्यो। रिपोर्टअनुसार रणवीरले त्यसपछि ‘हेयर ट्रान्सप्लान्ट’ गरेका थिए।

शाहिद कपुरपहिले र अहिलेबलिउड अभिनेता शाहिद कपुर आफ्नो करियरको सुरुवाती चरणमा आफ्नो नाकको आकाररे निकै चिन्तामा परेका थिए।  रिपोर्टअनुसार त्यसपछि शाहिदले राइनोप्लास्टीमार्फत आफ्नो नाकको आकार तिखारेका थिए।

करिश्मा कपुरपहिले र अहिलेकरिश्मा कपुर दुईपटक बलिउडमा कमब्याक गर्ने प्रयास गरे पनि लामो समयदेखि फिल्ममा देखिएकी छैनन्। तर तपाईंलाई थाहा छ– आफ्नो कमब्याक सफल पार्न उनले सधैं जवान देखिने प्रयास गरेकी छन्। रिपोर्टअनुसार उनले धेरैपटक कस्मेटिक सर्जरी गराइसकेकी छन्। 

श्रुति हसनपहिले र अहिलेसाउथ इन्डियन फिल्मका सुपरस्टार कमल हासनकी छोरी श्रुति हसनले पनि प्लास्टिक सर्जरीको मद्दतले आफ्नो अनुहार निकै राम्रो बनाएकी छन्। रिपोर्टअनुसार श्रुतिले आफ्नो नाक र ओठको शल्यक्रिया गराएकी हुन्। तर नाक मिलाउनुको कारण मेडिकल रहेको कुरा श्रुतिले एक अन्तर्वार्तामा बताइन्। श्रुतिका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले नाकको शल्यक्रिया गर्नुपरेको हो। तर पनि श्रुतिको करियरमा खासै उपलब्धि हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad