बलिउडका दिवंगत अभिनेता राजेश खन्नाको जीवनकथामा चलचित्र (बायोपिक) बनाइने भएको छ।
एक समयका सुपरस्टार खन्नाको जीवनीमा आधारित बायोपिककाे निर्देशन कोरियोग्राफर तथा निर्देशक फराह खानले गर्नेछिन्।

बायोपिक फिल्ममा अभिनेता तथा निर्माता निखिल द्विवेदीले लगानी गर्ने छन्। राजेशको बायोपिक उनीबारे गौतम चिन्तमणिले लेखेको पुस्तक ‘द लोनलिनेस अफ बिइङ राजेश खन्नाः डार्क स्टार’मा आधारित हुनेछ।
फिल्मको स्क्रिप्ट लेखनमा निर्देशक फराह र किताबका लेखकले सहकार्य गर्नेछन्। बायोपिक निर्माणबारे फराहले भनेकी छिन्, ‘गौतम चिन्तामणिले लेखेको पुस्तक मैले पढेकी छु। यसमा फिल्म बनाउने कुरा भइरहेको छ।’
निर्माता निखिलले पुस्तकको अधिकार आफूले खरिद गरेकाले फिल्म बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।
खन्नाको बायोपिकका शीर्ष भूमिकामा कसले अभिनय गर्ने भन्ने टुंगो लाग्न भने बाँकी छ।
Shares

प्रतिक्रिया