नेपाली सुगम संगीतको क्षेत्रमा चिनिएको नाम हो– हेमन्त शर्मा। लामो समयदेखि गायनमा सक्रिय शर्माका ‘ओ प्रिय, माया साह्रै महंगो, थापा न थापा, आउँदै गर मालती, मूल हौ भने रसाइदेऊ, बनमाराले’ लगायतका गीत निक्कै लोकप्रिय छन्।
केही दिनअघि मात्रै ‘किन झस्कियौं’बोलको गीत बजारमा ल्याएका शर्मा ‘दशकको गायक’ रुपमा सम्मानित भएका छन्। यसै साता राजधानीमा भएको नवौँ म्यूजिक खबर म्यूजिक अवार्डमा गायक शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो। गायक शर्मालाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले सम्मान पत्र प्रदान गरेका थिए।
दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय शर्मा अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्म उत्तिकै लोकप्रिय छन्। एक समय प्रस्तोता समाज नेपालको अध्यक्ष समेत रहेका शर्माले गीत÷संगीतको विकास र विस्तारका लागि थुप्रै काम गरेका छन्।
Shares

प्रतिक्रिया