आफ्ना थरीथरीका फेसन र तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने बलिउड अभिनेत्रीमध्ये एक हुन्- मलाइका अरोडा।
यस क्रममा उनी आफ्ना पोसकका कारण धेरैपटक ट्रोल पनि बन्ने गरेकी छन्।
पछिल्लोपटक भने उनी ‘हाई हिल स्यान्डल’का कारण हासोको पात्र बनेकी छन्।
अभिनेत्री करिश्मा कपुरले गत आइतबार राति पार्टी आयोजना गरेकी थिइन्। जहाँ अभिनेत्री मलाइका प्रेमी अर्जुन कपुरका साथ पुगेकी थिइन्। त्यही क्रममा कारबाट उत्रने बेला हाई हिलका कारण मलाइका झन्डै लडेकी।
कसैले समातेर उनलाई लड्नबाट जोगाएका थिए।
इन्स्टाग्राममा सार्वजनिक उनको त्यो भिडियोमा विभिन्न टिकाटिप्पणी गरिएका छन्। ‘बुढेसकालमा हिल लगाएपछि यस्तै हुन्छ’, ‘बुढी भयौ, सुध्रेऊ’, ‘सबै त देखिन्छ, के लुगा लगाउँछ्यौ’ जस्ता खिसिटिउरी गरिएको हो।
492
Shares

प्रतिक्रिया