बलिउड अभिनेत्री सन्नी लियोनको पोस्टर जलाइएको छ। केही दिनअघि मात्र उनले ‘मधुवन’ नामक म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।
म्युजिक भिडियो सार्वजनिक भएसँगै विवाद सुरु भएको थियो। दक्षिणपन्थी प्रदर्शनकारीहरूले त्यही भिडियोको पोस्टर जलाएका हुन्।
हिन्दू धर्मावलम्बीहरूको भावनामा ठेस पुर्याएको भन्दै हिन्दूवादीको समूहले उनको पोस्टर जलाएका हुन्।
उनीहरुले गीतमा प्रतिबन्ध लगाउन माग गरेका छन्। सन्नीविरुद्ध हिन्दूवादी संगठनहरुले हरिपर्वत प्रहरी चौकीमा उजुरीसमेत दर्ता गराएका छन्।
हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलका कार्यकर्ताले एमजी रोडस्थित सुर्सदन त्रसिङमा भेला भएर अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलविरोधी नारा लगाएका थिए।
मध्ये प्रदेशका गृहमन्त्री नरोत्तम मित्राले समेत उक्त म्युजिक भिडियो हटाउन निर्देशन दिएका छन्। मित्राले म्यूजिक भिडियोले हिन्दूवादीको धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाएका छन्।
Shares

प्रतिक्रिया