भारतीय टीभी सिरियल ‘देवों के देव महादेव’ बाहेक उरी र शिद्दतजस्ता चलचित्रमा अभिनय गरेका अभिनेता मोहित रैनाले वर्ष (सन् २०२२) को पहिलो दिनमै आफ्ना फ्यानहरूलाई चकित पारेका छन्।
उनले शनिबार आफ्नी प्रेमिका अदितिसँग विवाह गरेका हुन्।
अभिनेता आफैंले आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको तस्बिर सेयर गरेर जानकारी दिएका हुन्।
मोहितले इन्स्टाग्राममा बिहेको तस्बिरसहित लेखेका छन्, ‘प्रेमलाई कुनै बाधाले छेक्न सक्दैन। यसले सिमाना र पर्खाल नाघ्छ। पूर्ण आशाका साथ आफ्नो गन्तव्यमा पुग्छ। आशा र परिवारको आशीर्वादले हामी दुई एक भएका छौं। यो नयाँ यात्राका लागि तपाईंको माया र आशीर्वाद आवश्यक छ। अदिति र मोहित।’
57
Shares

प्रतिक्रिया