अमेरिकाको न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेका बेला स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन्।
न्युयोर्क निवासी ससाङ लामाका अनुसार गायक राईलाई दुर्व्यववहार गर्ने पासाङ दावा शेर्पाले पश्चाताप गर्दै रक्सी र खादाका साथ माफी मागेका हुन्। जनजाति समुदायमा यसलाई ‘शिर उभाउनी’ भनिन्छ।

ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन्। परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन्। अब आगोमाथि घीउ थप्ने काम नगरौं।’
यो पनि : अमेरिकामा स्टेजमै राजेश पायल राईलाई हातपात: कलाकारहरूद्वारा निन्दा, किन भयो आक्रमण?
1.3k
Shares

प्रतिक्रिया