कला


नेपाली फिल्म बुलबुललाई इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा ३ अवार्ड

नेपाली फिल्म बुलबुललाई इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा ३ अवार्ड

नेपालखबर
पुस १९, २०७८ सोमबार १२:१८, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा ३ वटा अवार्ड प्रदान गरिएको छ। चलचित्रले बेस्ट एक्टर फिमेल, बेस्ट एक्टर मेल र बेस्ट डिरेक्टरतर्फको अवार्ड जित्न सफल भएको हो। 

भर्चुअल माध्यमबाट भएको फेस्टिभलमा ‘बुलबुल’ले उक्त तीन अवार्ड उचाल्न सफल भएको हो। यो चलचित्रले अन्य थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्ड जितिसकेको छ। 

चलचित्र ‘बुलबुल’मा अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुसालले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। ट्याम्पु चालक महिलाको कथामा बनेको यो चलचित्र बिनोद पौडेलले निर्देशन गरेका हुन्। ‘बुलबुल’नेपाली बक्स अफिसको सफल चलचित्र हो। 

‘बुलबुल’निर्देशक बिनोद अर्को चलचित्र ‘रबरसिटी’निर्माणको तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad