मिस युनिभर्स २०२१ प्रतियोगितामा होस्ट स्टिभ हार्वेले भारतको प्रतिनिधित्व गरिरहेकी हर्नाज सन्धुलाई बिरालोको आवाज निकाल्न आग्रह गरे। तर मानिसहरूले यो कुरा मन पराएनन् र हर्नाजलाई म्याउँम्याउँ गर्न लगाएको भनेर स्टिभको आलोचना गर्न थाले।
भारतीय सञ्चारमाध्मयका अनुसार अहिले पूर्वमिस युनिभर्स लारा दत्तले त्यस्ताे गराउनुकाे रहस्य बताएकी छन्। रमाइलो प्रश्नमा प्रतियोगीले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने जान्न यस्तो गर्न लगाउने गरिएको लाराले बताइन्।
‘यो होच्याउन गरिएको होइन’
लाराले भनिन्, ‘रमाइला प्रश्नमा प्रतियोगीहरूले कस्तो प्रतिक्रिया दिनेछन् भनेर जान्नका लागि यस्तो गरिन्छ। यो तपाईंको व्यक्तित्वको उज्यालो पक्ष हेर्ने तरिका हो। हरेक प्रश्न संसार बचाउने वा मदर टेरेसा बन्ने वा विश्वको भोक अन्त्य गर्ने भन्ने विषयमा मात्र हुँदैन। त्यसैले हर्नाजले जे लेखेकी थिइन्– आफूलाई जनावरको आवाजको नक्कल गर्न मनपर्छ भनेर, स्टिभ हार्वेले उनलाई त्यसै गर्न भनेका हुन्। यो उनीहरूलाई अपमान गर्न वा भारतीय प्रतियोगीलाई कुनै अनौठो प्रश्न सोध्नका लागि थिएन। यो केवल तपाईंलाई कुनै अनौठो प्रश्न् आइलाग्दा कसरी सामाना गर्नुहुन्छ भनेर जान्नका लागि सोधिएको हो।’
हेर्नुहोस् भारतीय सुन्दरी हर्नाजले म्याउँम्याउँ गरेको रमाइलो दृश्य–
Shares

प्रतिक्रिया