नेपाली कथानक चलचित्र ‘पर्पला’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
अष्ट्रेलियामा छायांकन गरेको यो चलचित्रको पहिलो पोस्टरमा अभिनेत्री निखिला बुढाथोकीको आधा अनुहार सार्वजनिक गरिएको छ।
पोस्टरमा अभिनेत्रीका आँखाबाट आँसुको सट्टा रगत बहेको देखाइएको छ। कलेटी परेका ओठमा गम्भीर अनुहार भएको अनुहारले धेरैको ध्यान खिचेको छ।
हरर जनरामा निर्माण भएको चलचित्र अस्ट्रेलियन छायाकार काश्मीर डिकसनले क्यामेराको काम गरेका छन्। फिल्मको प्राविधिक पक्ष बलियो रहेको धेरैले अनुमान गरेका छन्।
यो चलचित्रले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथा भन्ने छ। मनोज अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा पुकार गौतम तथा निखिला बुढाथोकीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
72
Shares

प्रतिक्रिया