कला


दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

दीपिका पादुकोण


नेपालखबर
पुस २३, २०७८ शुक्रबार १७:५१, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोना भाइरससँग लड्नुपर्दाको अनुभव सुनाएकी छन्। अभिनेत्री पादुकोण कोरोना संक्रमण भएर हालै निको भएकी हुन्। 

यसै विषयमा एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै नराम्रो रह्यो। कोरोनाका कारण मेरो सौन्दर्य पनि बिग्रिएको थियो। त्यो मेरो र परिवारका लागि धेरै कठिन समय थियो। 

कोरोनाको दोस्रो लहरमा अभिनेत्री दीपिकासँगै उनकी बहिनी र आमा–बुवासमेत संक्रमणमा परेका थिए। 

‘पहिलो लकडाउनले बाँच्न सिकायो’
अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘पहिलो लकडाउन एकदमै फरक थियो, किनभने हामी सबैले यो कस्तो प्रकारको भाइरस हो, हामी लकडाउनमा कसरी बाँच्ने र कसरी जीवन जिउने भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका थियौं। हामी त्यहीअनुसार आफ्नो जीवनशैली परिवर्तन गरिरहेका थियौं। दोस्रो लक डाउनको कुरा गर्दा त्यो पनि धेरै फरक थियो। किनकि मेरो परिवार, आमा, बुवा, बहिनी र म एकसाथ कोरोना संक्रमित भयौं।’

‘त्यो समय धेरै गाह्रो थियो’
दीपिकाले थपिन्, ‘कोभिडपछि मेरो जीवन बदलिएको थियो। किनभने शारीरिक रूपमा म यति धेरै परिवर्तन भएँ कि म आफैंलाई चिन्न सकिनँ। मलाई लाग्छ– कोभिडको समयमा मलाई दिइएको औषधि स्टेरोइड थियो। कोरोना आफैंमा अनौठो थियो। तपाईंको शरीरले फरक महसुस गर्छ, दिमागले कुनै काम गर्न सक्दैन। म बिरामी भइसक्दा पनि ठीक छु भन्ने सोचिरहेकी थिएँ,  तर त्यसपछि मैले कामबाट २ महिना विश्राम लिनुपर्यो। दिमागले काम गरिरहेको थिएन।  मेरा लागि त्यो समय निकै कठिन थियो।’

दीपिकाको वर्कफ्रन्ट
दीपिकाको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको आगामी फिल्म ‘गहराइयां’ हो। यो फिल्मलाई शकुन बत्राले निर्देशन गरेका हुन्। यसमा उनीसँगै सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे देखिनेछन्। साथै दीपिका शाहरुख खानसँग ‘पठान’ मा पनि छिन्। नायिका दीपिका निर्देशक नाग अश्विनको आगामी फिल्ममा प्रभासको अपोजिटमा देखिनेछिन्। यससँगै उनी अमिताभ बच्चनसँगको ‘द इन्टर्न’ को आधिकारिक रिमेकको पनि हिस्सा हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad