कला


कोरोना संक्रमणपछि लता मंगेशकर आईसीयूमा

कोरोना संक्रमणपछि लता मंगेशकर आईसीयूमा

नेपालखबर
पुस २७, २०७८ मंगलबार १४:४१, काठमाडौँ

भारतीय वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पछि उनलाई आईसीयूमा भर्ना गरिएको छ। 

मुम्बईको क्याण्डी अस्पतालमा उनको उपचार भइरहेको छ। लतालाई कोरोनाका सामान्य लक्षण देखिएका थिए। 

रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको बताइएको छ। ९२ वर्षीया लतामा उमेरजन्य अन्य समस्या पनि भएको चिकित्सकले जनाएका छन्। 

सन् २०१९ मा पनि श्वासप्रश्वासमा समस्या आएपछि लतालाई अस्पताल भर्ना गरिएको थियो। लता अस्पताल भर्ना भएको खबर सार्वजनिक भएसँगै उनका शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरेका छन्। 

सात दशकको सांगीतिक यात्रामा लताले ३० हजार भन्दा धेरै गीत गाएकी छिन्। विभिन्न भाषाका गीत गाएकी लताले नेपाली भाषामा पनि थुप्रै गीत गाएकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad