अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका छन्। उनी अगस्टमा हुने फिल्मको छायांकनमा सहभागी हुनेछन्। फिल्मका निर्माताले आफूलाई अभिनयका लागि बोलाएको विपिनले बताएका छन्।
‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिणीति चोपडाले अभिनय गरिरहेका छन्।
विपिनको ‘सेल्फी किङ’को अभिनय हेरेपछि प्रभावित भएको फिल्म युनिटले फोन गरेर अभिनयको अफर गरेको हो। ‘एनिमल’निर्मातालाई विपिनको ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले देखाएका थिए।
निर्देशक सापकोटाले ‘अर्जुन रेड्डी’कै रिमेक बनाउने तयारी गरेका छन्। रिमेकका लागि अडिसन समेत लिएका सापकोटाले कोरोना महामारीका कारण फिल्मको थप काम अगाडि बढाउन सकेका छैनन्।
‘एनिमल’मा विपिन अनिल कपुरसँग देखिने छन्। तर यो फिल्मका लागि औपचारिक सम्झौता भने नभएकाे विपिन बताउँछन्। तर अभिनयका लागि निर्माण टिमले ढुक्क भएर आउन भनेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया