इण्डियन आइडल २०२१ विजेता पवनदीप राजनको काठमाडाैंमा आयाेजना हुने कार्यक्रम स्थगित भएकाे छ।
यही पुस ३० गते हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रम कोरोना संक्रमण बढेसँगै स्थगित भएको आयाेजकले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजककाे भनाइ छ।
कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन्।
आयोजकका अनुसार अर्को सूचनापछि मात्र कार्यक्रमको तयारी हुने छ।
156
Shares

प्रतिक्रिया