अभिनेत्री वर्षा शिवाकोटी साउर्देन एकेडेमीको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन्।
एकेडेमीका निर्देशक सुरज रायमाझीले वर्षालाई ब्राण्ड एम्बेस्डरका रुपमा स्वागत गरेका छन्।
ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै साउर्देन एकेडेमीको प्रमोसनका लागि वर्षा बुटवल पुगेकी छिन्।
शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीका लागि राम्रो मानिएको एकेडेमीको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा खुशी लागेको उनले बताइन्।
वर्षाले विदेशमा गएर अध्ययन गरेपनि नेपालमै आएर पढेको कुरा व्यवहारमा लागू गर्न युवालाई आग्रह गरेकी छिन्।
साउर्देन एकेडेमीका निर्देशक रायमाझीले वर्षाको युवापुस्ता माझ राम्रो लोकप्रियता देखेर ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको जानकारी दिए।
39
Shares
प्रतिक्रिया