ad ad

कला


प्रियंका डिभोर्स गर्दै छिन् कि बच्चा जन्माउँदै?

प्रियंका डिभोर्स गर्दै छिन् कि बच्चा जन्माउँदै?

अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी गायक निक जोनस


नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १७:१८, काठमाडौँ

अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी गायक निक जोनसका फ्यान तब छक्क परे जब अभिनेत्रीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो नाम अगाडिको ‘जोनास’ हटाइन्। यो खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा उनीहरूले डिभोर्स गर्न लागेको अड्कलबाजी व्यापक बन्यो। 

यस्तो आशंकाप्रति प्रतिक्रिया दिँदै प्रियंकाले यो केवल व्यावसायिक निर्णय भएको बताएकी छन्। 

एक अन्तर्वार्तामा उनले भनिन्, ‘मैले सामाजिक सञ्जालमा एउटा तस्बिर मात्र पोस्ट गरेँ भने मानिसहरू त्यसलाई जुम गरेर हेर्छन् र कुरा काट्न एउटा न एउटा बहाना खोज्छन्। अचेल सोसल मिडियामा सबैको उपस्थिति छ, त्यसैले चिजहरू चाँडै भाइरल हुन थाल्छन्।’

प्रियंकाले पति निक जोनससँग पारिवारिक जीवन सुरु गर्ने पनि बताइन्। उनले आफ्ना पतिले बच्चाको चाहनाको गरेको खुलासा गरिन्। भगवानको कृपाले एक दिन यो चाहना पूरा हुने उनको भनाइ छ। 

प्रियंकाले थपिन्,  ‘जब हाम्रो जीवनमा बच्चा आउँछ, तब हामी आफ्नो व्यस्तताका बीच पनि पक्कै समय निकाल्छौं। हामी दुवै यसो गर्न तयार छौं र हामी मिलेर गर्नेछौं।’

यसअघि पनि प्रियंकाले न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा बच्चा जन्माउने इच्छा व्यक्त गरिसकेकी छन्। उनले भनेकी छन्, ‘निक र म एकअर्कालाई पाउँदा धन्य भएका छौं र भविष्यमा हाम्रो परिवारको विकास गर्न तत्पर छौं।’

यस्तै सन् २०२० मा दिएको अर्को अन्तर्वार्तामा अभिनेत्री प्रियंकाले भनेकी थिइन्, ‘घर किन्नु र बच्चा जन्माउनु मेरो कामको सूचीमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .