ad ad

कला


प्रियंका चोपडा बनिन् आमा

प्रियंका चोपडा बनिन् आमा

नेपालखबर
माघ ८, २०७८ शनिबार ११:३६, काठमाडौँ

बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको सहयोगमा आमा बनेकी छन्। शुक्रबार राति १२ बजे इन्स्टाग्रामार्फत उनले आफू आमा बनेको जानकारी दिएकी हुन्। 

‘हामी खुसी छौँ, हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ’, उनले लेखेकी छन्, ‘हामी हाम्रो परिवारका लागि तपाईंहरूलाई सम्मानपूर्वक आग्रह गर्छौँ– यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला।’

तर उनले छोरा वा छोरी के भयो, खुलाएकी छैनन्। 

प्रियंका र अमेरिकी गायक तथा अभिनेता निक जोनसबीच सन् २०१८ डिसेम्बर २ मा विवाह भएको हो। हालै प्रियंकाले बच्चाको योजना बनाइरहेको बताएकी थिइन्। 

पछिल्लो तीन महिनामा प्रियंका सरोगेसीमार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन्। यसअघि १७ नोभेम्बर २०२१ मा प्रीति जिन्टा सरोगेसीमार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी थिइन्।

कसैको कोख भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी भनिन्छ। यसका लागि एक महिला (कोख भाडामा दिने आमा) र अन्य व्यक्तिबीच बच्चा जन्माउने कानुनी सम्झौता गरिन्छ। बच्चाको जन्म भइसकेपछि ती आमाको दायित्व समाप्त हुन्छ। विभिन्न कारण मानिसले यो विधिबाट बच्चा जन्माउने गर्छन्। कसैको पाठेघरमा वा अन्य शारीरिक कारण बच्चा जन्माउन नसक्ने वा यस्तै कुनै अवस्थामा मानिसले सरोगेसीको मद्दत लिन्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिद्वारा सम्पन्न गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .