कला


अल्लु अर्जुनको कार कलेक्सन

अल्लु अर्जुनको कार कलेक्सन

नेपालखबर
माघ ११, २०७८ मंगलबार १३:३५, काठमाडौँ

पुष्पा फिल्मको रिलिजपछि तेगुलु सुपरस्टार अल्लु अर्जुनको निकै चर्चा चुलिएको छ।

कोरोनाका कारण विश्वको फिल्म बजार सेलाउँदै गएका बेला अल्लुको चर्चा भने सेलाउन पाएको छैन। 

वास्तविकतामा धेरै चर्चा नरुचाउने अल्लुका बारेमा विभिन्न तथ्य बाहिर आइरहेका छन्।

अल्लु कार कलेक्सनमा निक्कै सौखिन देखिएका छन्। उनीसँग लक्जरी कारका साथमासुपर लक्जरी भ्यानिटी भ्यान समेत छन्।

सन २०१९ मा अल्लुले फाल्कन नामको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका थिए।

उनको यो भ्यानको भित्री भाग महल जस्तो छ। अल्लु अर्जुन त्यसपछिका हरेक सुटिङमा जाँदा यहि भ्यान प्रयोग गर्छन्।

अल्लुको ग्यारेजमा ‘हमर एच २’ पनि छ। महेन्द्र सिंह धोनी, मिका सिंह, हरभजन सिंहले पनि यहि गाडी प्रयोग गर्छन्।

यो गाडीको मूल्य ७५ लाख भारतीय रुपैयाँ पर्छ।

अल्लुको ग्यारेजमा प्रिमियम एसयूभी रेन्ज रोभर भोग पनि छ। अल्लु आफ्नो आवश्यकता अनुसार गाडी प्रयोग गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad