ad ad

कला


लता मंगेशकरको स्वास्थ्य लाभको कामना गरिदिन परिवारको आग्रह

लता मंगेशकरको स्वास्थ्य लाभको कामना गरिदिन परिवारको आग्रह

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७८ बुधबार १३:२१, काठमाडौँ

भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको १७ दिन बितेको छ।

आईसीयूमा उपचार भइरहे पनि लताको स्वास्थ्यमा सुधार देखिएको छैन। 

उनको स्वास्थ्य अवस्थालाई लिएर परिवारले नयाँ वक्तव्य निकालेको छ। उनको परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ ‘लताजीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन। उहाँ अहिले पनि आ​ईसीयूमा हुनुहुन्छ।’

लतालाई डाक्टर प्रतित समदानीको समूहले हेरिरहेको बताइएको छ। लताको परिवारले उनको स्वास्थ्यका बारेमा दैनिक अपडेट दिन सम्भव नभएको पनि जनाएको छ।

पारिवारिक गोपनीयताका कारण दैनिक अपडेट दिन नचाहेको बताउँदै वक्तव्यमा भनिएको छ, ‘हामी तपाईहरु सबैलाई आग्रह गर्छौँ पारिवारिक मामिलालाई बुझ्नुहोस्। अफवाह फैलाउनबाट बच्नुहोस्। लताजीको स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .