नेपाली फिल्म उद्योगमा पुराना अभिनेता भुवन केसीको नाम निक्कै युवतीसँग जोडियो। युवतीका कारण बारम्बार विवाद र चर्चामा आउने अभिनेता हुन् केसी।
पछिल्लो समय अभिनेता पल शाह पनि एक युवतीका कारण बारम्बार विवादमा तानिएका छन्। थुप्रै युवतीसँग उनको नाम जोडिएको छ।
गायिका समिक्षा अधिकारीसँगको सम्बन्धका कारण पल विवादमा छन्। समिक्षासँग प्रेम र बिछोडको फिल्मी बजारको गसिपले पललाई निक्कै समस्यामा पारेको छ। समिक्षा पनि बेला बेला उनलाई धम्की दिने शैलीका स्टाटस सामाजिक सञ्जालमा पोस्टिरहेकी हुन्छिन्।
त्यसो त पलसँग नाम जोडिएकी पहिलो युवती समिक्षा होइनन्। फिल्मी दुनियाँका थुप्रै युवतीसँग उनको नाम जोडिएर बाहिर आउने गरेको छ। उनले अभिनय गरेका हरेकजसो म्यूजिक भिडिओका मोडलसँग नाम जोडिन्छन्। यसैलाई आधार मानेर कतिपयले उनलाई ‘प्लेब्वाई’ भन्ने गरेका छन्।
आफूलाई ‘प्लेब्वाई’ भनेको पललाई पटक्कै मन परेको छैन्।
उनी भन्छन्, ‘म मनोरञ्जन क्षेत्रमा काम गर्छु। त्यसैले महिला मोडलसँग नजिक भएर काम गर्नै पर्ने बाध्यता छ। कुनैपनि सहकर्मी कलाकारसँग कमेस्ट्री मिलाउन थोरै मेहनत गर्नै पर्छ।’
यसरी नजिकिएका हरेक मोडलसँग आफ्नो नाम जोडेर प्लेब्वाई भन्नेसँग पललाई कुनै गुनासो गर्नु छैन रे! तर यसमा आफ्नो गल्ती नभएको पलको दाबी छ।
Shares

प्रतिक्रिया