कला


मास्के ‘परस्त्री’मा अनुबन्धित

मास्के ‘परस्त्री’मा अनुबन्धित

नेपालखबर
माघ २४, २०७८ सोमबार १०:४७, काठमाडौँ

नेपाली कथानक ‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। शिल्पा यो चलचित्रमा शीर्ष भूमिकामा देखिनेछिन्।

शिल्पासँग आइतबार निर्माणपक्षले औपचारिक सम्झौता गरेको हो। 

यो चलचित्र फागुन २९ गतेबाट छायांकनमा जाने तयारीमा छ। डीएस डिजिटलको ब्यानरमा निमार्ण हुने यो चलचित्र मार्फत सुरज पाण्डे निर्देशनमा डेब्यु गर्ने तयारीमा छन्। 

‘परस्त्री’मा शर्मिला पाण्डेले लगानी गर्नेछिन्। शिल्पाको जोडी कलाकारका रुपमा यो चलचित्रमा कोशिश क्षेत्री देखिनेछन्। 

शिल्पा फिल्म उद्योगमा स्थापित हुने संघर्षमा छिन्। उनले यसअघि ‘ब्रेकअप, कागजपत्र’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन्।

केही समयअघि प्रदर्शन भएको चलचित्र ‘कठपुतली’मा पनि शिल्पाले अभिनय गरेकी थिइन्।

तर, फिल्मले राम्रै समीक्षा पाएपनि उनले कुनै मार्क पाउन भने सकिनन्। शिल्पाको फिल्म उद्योगमा चर्चा भएपनि उनले गरेको अभिनयको भने त्यत्ति चर्चा भएको पाइदैन।

चलचित्र ‘परस्त्री’ले उद्योगमा स्थापित गर्ने  शिल्पाको अपेक्षा छ।

शर्मिला पाण्डेले लगानी गरेका चलचित्र ‘आमा’ र ‘लभ लभ लभ’ले उद्योगमा राम्रो समीक्षा पाएका थिए।

प्रदर्शन हुन बाँकी ‘चिसो मान्छे’ लाई पनि उद्योगको आशा गरिएको चलचित्रको सूचीमा राखिएको छ।

सफल चलचित्रमा लगानी गर्दै आएकी पाण्डेको लगानीको चलचित्र भएकाले पनि ‘परस्त्री’ले शिल्पालाई स्थापित गराउने आँकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad