‘द कपिल शर्मा शो’मा अभिनेता अक्षय कुमार आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोसन गर्न आउने छैनन्। उनी आफैंले यो शोमा जान अस्वीकार गरेका हुन्। शोको अन्तिम एपिसोडमा कपिलले प्रधानमन्त्री मोदीको मजाक उडाएका थिए।
मिडिया रिपोर्टका अनुसार अक्षय यही कारण कपिलसँग रिसाएका हुन्। यसमा कपिल शर्माले स्पष्टीकरण दिएका छन्।
अक्षय मेरो जेठो दाजु : कपिल शर्मा
कपिल शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रिय साथीहरू! मैले मेरो र अक्षय पाजीका बारेमा मिडियामा चलिरहेका सबै समाचार पढेँ, हेरेँ। मैले भर्खरै पाजीसँग यस विषयमा कुरा गरेँ र सबै कुरा मिलाएको छु। मिस कम्युनिकेसन। अब सबै ठीक छ। हामी छिट्टै ‘बच्चन पाण्डे’ को एक एपिसोड सुट गर्नेछौं। उहाँ मेरो जेठो दाइ हुनुहुन्छ र मसँग कहिल्यै रिसाउन सक्नुहुन्न। धन्यवाद।’
Dear friends,was reading all the news in media about me n Akshay paji, I have jus spoke to paji n sorted all this, it was jus a miss communication, all is well n very soon we r meeting to shoot Bachhan pandey episode. He is my big bro n can never be annoyed with me 😊thank you 🙏
— Kapil Sharma (@KapilSharmaK9) February 8, 2022कुरा के थियो?
अक्षय आफ्नो अन्तिम फिल्म अतरंगी रेको प्रमोसन गर्न कपिल शर्मा शो पुगेका थिए। यसै क्रममा कपिलले अक्षयको प्रधानमन्त्रीवाला अन्तर्वार्ताको मजाक उडाएका हुन्। उनले आफ्नो अन्तर्वार्तामा कसले प्रसिद्ध व्यक्तित्वलाई आँप खान मन लाग्छ भनेर सोध्छ भनेका थिए। वास्तवमा सन् २०१९ लोकसभाका क्रममा अक्षयले प्रधानमन्त्री मोदीको अन्तर्वार्ता लिएका थिए। त्यसमा उनैले प्रधानमन्त्री माेदीलाई यस्तो प्रश्न गरेका थिए। अक्षयलाई शोमा यसरी उडाइएको पटक्कै मन परेन।

अक्षयले त्यो अंश काट्न भनेका थिए
अक्षय कपिलको ठट्टामा सधैं रमाउने गरेका थिए। उनले आफ्नो मजाक उडाइँदा कहिल्यै गुनासो गरेनन्, तर उनी प्रधानमन्त्रीको मजाक उडाएको मन पराउँदैनन्।
मिडिया रिपोर्टका अनुसार अक्षयले शोका निर्माताहरूलाई प्रधानमन्त्रीको भाग प्रसारण नगर्न अनुरोध गरेका थिए। निर्माताहरू सहमत भए पनि पछि त्यसको क्लिप सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। त्यसपछि अक्षयलाई नेटिजन्सले ट्रोल पनि गरेका थिए।
Shares

प्रतिक्रिया