दुई नेपाली चलचित्र प्रदर्शन मितिलाई लिएर लफडा भएको छ।
चलचित्र ‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’को रिलिज डेट जुधेपछि लप्पन छप्पन टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको हो ।
लप्पन छप्पन दुईका निर्माता निर्मलकुमार मिश्रले संघप्रति ध्यानाकर्षण पत्र काट्दै संघले पूर्वाग्राही रुपमा जानकारी नै नगराई आफ्नो फिल्म रिलिज मिति ‘म यस्तो गी तगाउँछु २’लाई दिएको आरोप लगाएका छन्।
‘लप्पन छप्पन २’ले यसअघि नै फागुन १३ लाई प्रदर्शन मिति पक्क गरेको थियो। तर सोही मितिमा नेपाल चलचित्र संघले ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने अनुमति दिएसँगै विवाह सिर्जना भएको हो।
कोरोनाको दोस्रो लहरपछि हल खोल्न अनुमति पाएसँगै संघले फिल्म रिलिजलाई लिएर ६ बुँदे निर्णय सार्वजनिक गरेको थियो।
जसमध्ये एउटै डेटमा नेपाली फिल्म जुधाउन नपाउने नियम पनि बनाएको थियो।
साथै संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुकिङ गर्ने फिल्मलाई प्रदर्शनको अनुमति दिने बताएको थियो। जुन नियम आगामी वैशाख १ गतेसम्म लागू हुनेछ।
Shares

प्रतिक्रिया