अभिनयबाट बाहिर निस्किएर झरनाले चलचित्र निर्देशन गरिन्।
तीन फिल्म निर्देशन गरेकी झरनालाई निर्देशनमा पनि सफलता मिल्यो।
एक समयको लोकप्रिय फिल्म ‘ए मेरो हजुर’का तीन सिक्वेल निर्देशन गरेकी झरनालाई उनको निर्देशन भन्दा नामको ब्राण्डले काम गरेको आरोप लाग्दै आएको छ।
‘ए मेरो हजुर’का तीन सिक्वेलले लगातार बक्स अफिसमा तहल्का पिट्यो। ‘ए मेरो हजुर’बाट फिल्म उद्योगमा स्थापित भएकी झरनाकी छोरीलाई पनि यहि नामको ब्राण्डले नै स्थापित गरायो। झरनाकी छोरी सुहाना थापाले ‘ए मेरो हजुर’का दुई सिक्वेलमा अभिनय गरिन्।
‘ए मेरो हजुर ३’बाट रजतपटमा भित्रिएकी सुहानाले पछिल्लो फिल्ममा आफूलाई अझैं परिपक्व रुपमा प्रस्तुत गरेकी छिन्।
झरना निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ को चर्चा सेलाएको छैन। झरना भने अर्को चलचित्र ‘भागवत गीता’को तयारीमा लागेकी छिन। सफल फिल्मको सिक्वेल बनाएर मात्रै सफल भएको भन्ने आरोप खेप्दै आएकी झरनालाई आफ्नो क्षमता प्रमाणित गर्न पनि ‘भागवत गीता’ चलाउनुपर्ने दबाब छ।
‘भागवत गीता’ मार्फत सफल चलचित्रको ब्राण्ड बाहिर निस्किएकी झरना त्यतिबेला फिल्म उद्योगमा सफल मानिने छिन् जतिबेला ‘भागवत गीता’ले बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गर्नेछ।
Shares

प्रतिक्रिया