स्थानीय तह निर्वाचनको दिन शुक्रबार देशभरका सिनेमा हल बन्द हुने भएका छन्।
चुनावको अघिल्लो बिहीबार पनि अपरान्हसम्म मात्रै हल सञ्चालन हुने भएका छन्।
क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहिबार ३ बजेसम्म मात्रै फिल्म देखाइने जनाएको छ। चुनावको दिन भने देशभरका सबै हल बन्द रहने विज्ञप्तीमा उल्लेख गरिएको छ।
अहिले सिनेमा हलहरुमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन भैरहेका छन्।
चुनावको प्रभावका कारण हलमा दर्शकको उल्लेख्य उपस्थिती नरहेको हल सञ्चालकले बताउँदै आएका छन्।
42
Shares

प्रतिक्रिया