कला


मतदान गर्न नपाउने अवस्थाले केकीको चित्त दुखायो

मतदान गर्न नपाउने अवस्थाले केकीको चित्त दुखायो

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १९:१९, काठमाडौँ

अभिनेत्री केकी अधिकारीले स्थानीय निर्वाचनमा मतदान गर्न नपाउँदा चित्त दुखेको बताएकी छन्। 

देशबाहिर रहेकी केकीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न नपाउने अवस्थाका कारण चित्त दुखेको बताएकी हुन्। 

उनले निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्न पनि सबैसँग आग्रह गरेकी छन्।

केकीले बुधबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ। काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन। तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नु भएकै छ।’ 

उनले शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना पनि गरेकी छन्।

हालै विवाह बन्धनमा बाँधिएकी केकी देशबाहिर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .