कला


नेपाल-अफ्रिका फिल्म फेस्टिबलमा २६ फिल्म छानिए

नेपाल-अफ्रिका फिल्म फेस्टिबलमा २६ फिल्म छानिए

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार २२:३७, काठमाडौँ

१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ जेठ १५ देखि १७ सम्म काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएकोमा नेपालसहित १५ देशका २६ वटा फिल्म छनोट भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन्।

महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जसमध्ये ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत छ। जसमा द ब्लाक कर्नर, ऐना, राईज, शंका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई छन्।

यस्तै यसपटक विद्यार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । प्रतिस्पर्धामा विद्यार्थीहरुले बनाएका झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी पनि परेका छन्।

महोत्सव निर्देशक डब्ल्यु क्षत्रीका अनुसार महोत्सबमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्। जसमध्ये अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ। अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय वस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्।

महोत्सवका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को छन्।

बिदेशी फिल्मतर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया/अस्ष्ट्रिया/जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् ।

यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन्।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्।

‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दाजुल्दा छन्’ उनले भनिन्, ‘अफ्रिकालाई अब हामीले पश्चिमाहरुको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad