ad ad

कला


महामारीको तीन वर्षपछि सत्सङ्ग समारोह

महामारीको तीन वर्षपछि सत्सङ्ग समारोह

नेपालखबर
जेठ १४, २०७९ शनिबार १६:५५, काठमाडौँ

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान सत्सङ्ग समारोह २०७९ सम्पन्न भएको छ। 

सत्संग समारोहलाई अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व ‘विभूजी महाराज’ले मानव जीवनमा अध्यात्मको महत्व र जीवनलाई सहज बनाउन के गर्न सकिन्छ भनेर मार्गदर्शन दिएका थिए। 

कोरोना महामारीको कारण विगत ३ वर्षदेखि नेपालमा मावन धर्मले आफ्नो आध्यात्मिक कार्यक्रम आयोजना हुन सकेको थिएन। 

विभुजी महाराजले भने, ‘हामी जुन कोरोना कालबाट गुज्रिएका थियौँ, त्यो समय अब सकियो तर त्यसलाई बिर्सिएर नयाँ सोचर र विचारका साथ जिवनलाई अगाडि लैजानुपर्छ। जीवनलाई प्रयोगात्मक रुपमा सहज तरिकाले बिताउनका लागि महान पुरुषहरुले देखाएको बाटोमा आजको आवश्यकता रहेको छ। त्यसैले धर्म शास्त्रले हामीलाई आध्यात्मिक पथमा अगाडि बढ्नका लागि सम्झाएका छन्। आध्यात्मिक र भौतिक जिवन फरक छ तर भौग्ने एउटै व्यक्तीले हो त्यसैले सही र गलत बाटो छुट्याउने भनेको आफैले नै हो।’ 

अहिलेको युवा पुस्ता संसारको मोहमा व्यस्त रहेको उनको भनाइ थियो। उनले समस्याको कारण नै मन भएकाले मनलाई नियन्त्रणमा राख्नका लागि ध्यान गर्न जरुरी रहेको बताए।  

कार्यक्रममा विभिन्न ठाउँबाट उपस्थित सन्तमहात्माले आफ्नो विचार व्यक्त गरेका थिए। साथै संगम श्रुति सांगीतिक समूहले वाद्यवादन प्रस्तुत गरेका थिए। बाल सभाका बालबालिकाले कविता र नाटक प्रस्तुत गरेका थिए। भक्ति संगीतका कलाकारले सुमधुर भक्ति संगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .