१० औं नेपाल अफ्रिका फिल्म फेस्टिवल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाइम’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ। सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सव सकिएको छ।
यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ।
कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन्। महोत्सवमा लघु चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन्।
महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे। राईज चलचित्रबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे।
यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुषोत्तम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे। चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शंका’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे।

यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते। द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन्। महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ।
आइतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मँगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ। अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे।
यो एक दशकमा नेपालमा यो महोत्सवले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पुर्याउने काम गरेको यी वक्ताहरुले कार्यक्रममा बताए।
महोत्सवको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए।
महोत्सवमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए। यी सबै चलचित्र महोत्सवमा प्रदर्शन गरियो।
महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानको लागि विगत एक दशकदेखि आफूहरुले नेपाल अफ्रिका फिल्म फेस्टिवल) आयोजना गर्दै आएको बताए।
Shares

प्रतिक्रिया