बलिउड चलचित्र ‘एनिमल’ छायांकनका लागि अभिनेता विपिन कार्की मुम्बई उड्ने तयारीमा छन्।
उनी आगामी महिना फिल्मको छायांकनका लागि मुम्बई जानेछन्।
विपिनले यो चलचित्रमा नायक रणवीर कपुर, नायिका रश्मिका मन्दन्ना, बबी देवल, अनिल कपुर लगायतका कलाकारसँग स्क्रिन शेयर गर्नेछन्।
यो फिल्म निर्माण टिमले आइएमबीडी अकाउन्टमा समेत विपिनको नाम समावेश गरेका छन्।
सन्दीप रेड्डीले निर्देशन गर्ने यो फिल्ममा विपिन कस्तो भूमिकामा देखिनेछन् भन्ने कुरा खुलाइएको छैन। तथापि फिल्मको बलियो भूमिका निर्वाह गर्ने अवसर पाएको विपिनले बताएका छन्। विपिन यो फिल्मलाई लिएर उत्साहित देखिएका छन्।
(*यसअघि समाचारसँगै प्रेषित तस्बिरमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ -सं.)
549
Shares

प्रतिक्रिया